चिकन दम बिरयानी रेसिपी (Chicken dum biryani Recipe)in nepali

चिकन दम बिरयानी रेसिपी (Chicken dum biryani Recipe)in nepali   

चिकन दम बिरयानी रेसिपी (Chicken dum biryani Recipe)in nepali

चिकन दम बिरयानी रेसिपी: चिकन दम बिरयानी बनाउन धेरै समय लाग्छ तर यदि, तपाइँ यसलाई एकपटक बनाएर खानु भयो भने  बारम्बार बनाएर खानु हुन्छ । तपाईं यसलाई पार्टी वा विशेष अवसरहरूको लागि पनि बनाउन सक्नुहुन्छ।

कुल समय १ घण्टा २५ मिनेट , तयारी समय 10मिनेट ,पकाउने समय 1 घण्टा 15 मिनेट, कति जनाको लागी 5 जनाको लागी 

आवश्यक सामग्रीहरु:

➡️500 ग्राम चिकन लेग्स  

➡️मेरिनेसनका लागि सामग्री:

 ➡️१ चम्चा रातो खुर्सानीको धुलो

 ➡️२ चम्चा अदुवा-लसुनको पेस्ट

➡️१/२ कप दही 

➡️१ चम्चा धनियाँ पाउडर 

➡️१ चम्चा गरम मसाला पाउडर  

➡️१ १/२ चम्चा नुन 

 चामल : 

➡️ एक चिम्टी केसर 

 ➡️१/२ कप दूध 

 ➡️२ कप पानी 

➡️५ अलैंची 

➡️३ लौंग 

➡️१ दालचीनी 

➡️ २ ठूला अलैंची

➡️ ५ कालो मिर्च

 ➡️१/२ चम्चा नुन 

➡️१ कप बासमती चामल 

फिनिसिङको लागि: 

➡️१ चम्चा घिउ 

➡️१ चम्चा धनिया पात, 

➡️  2 चम्चा भुटेको प्याज 

➡️3 बादाम, काटेको


 चिकन दम बिरयानी  बनाउने विधि 

 1. एक कप दूधमा केसर मिलाउनुहोस् र यसलाई अलग राख्नुहोस्। 

 2. अब चामल तयार गर्न, धोएको चामलमा केसर बाहेक सबै सामग्रीहरू थप्नुहोस्। 

3. यसलाई 10 देखि 15 मिनेटसम्म पकाउनुहोस्। 

4. प्यानमा घिउ तताउनुहोस्। यसमा म्यारिनेट गरिएको कुखुराको मासु हाल्नुहोस् र पकाएको भात पनि हाल्नुहोस्। यसमा केसरको दूध, हरियो धनिया, भुटेको प्याज र काटेको बदाम हाल्नु होस् र राम्रोसँग मिसाउनुहोस्। 

 5. यसलाई सानो ग्यासमा  पकाउनहोस् , यसलाई 20 देखि 30 मिनेटसम्म छोप्नुहोस्।

६. अब यसलाई खोलेर चामललाई राम्ररी मिसाउनुहोस्।

अनि तयार भो तपाइको चिकेन बिरयानी 



No comments:

Thanks