SuBam A complicated Boy भाग २





एक महिना पछि मीरा धनगढी आइन् ।उनले कपडा बदलिन र बुक समातेर कलेज तिर लागिन्।कलेज पुगेपछि उनले प्रिन्सिपल सङ्ग कुरा गरिन् र आफ्नी आमाको देहान्त बारे भनिन् । मीरा कलेजकी होनहार विद्यार्थी भएकाले  प्रिन्सिपलले उनको एक महिनाको leave माने । प्रिन्सिपललाई धन्यवाद भनेर मीरा बाहिर  निस्किन्। Class सुरु हुन अझै केही समय बाँकी थियो । उनी बाहिर बेन्चमा आएर बसिन् । उनले पछाडि बाट चिने , सुनेको जस्तो आवाज आयो।,"ओहो मेडम जी कहाँ थियौ यतिका दिन सम्म ,न फोन, न massage आखिर के चलीरहेको छ तिम्रो दिमागमा ।" मीरा आवाज  आएको दिशा तिर फर्किदा त त्यहाँ निकिता जोशी थिइन्। मीराले कुनै कुनै जवाफ न दिए पछि निकिता छेउमै आएर बसिन् र मीठो स्वरमा भन्यौ,"के भो मीरा सब ठीक त छ नी?" निकिता कुरा सुनेर मीराका आँखा डबडबाए।उसले तल जमिनमा हेर्दै भन्यो,"आमा अब रहनु भएन निकिता।"  

"क्या? यो कहिले भो ? तिमीले मलाई किन न भनेको ?" नितिकाले अच्चमित हुँदै भनिन्।
"म के भनूँ तिमीलाई ? आफैलाई केही थाहा छैन आमा कुन दर्दमा जिउनु भएको थियो ।मलाई केही थाहा न होस् भनेर नै मलाई सधैं आफूबाट टाढा राखेकी थिइन्।आज मलाई एक्लै  छोडेर सदाको लागी छोडेर जानु भो ।" बोल्दा बोल्दै मीराका आँखा बाट आँसु खसे ।
निकिता मीराका हात सङ्ग आफ्नो हात मिलाउँदै उसको आँखामा हेरेर भन्यो ,"तिमी एक्ली छैनौं  मीरा  म छु नि तिरो साथमा । अर्को चोटि म सङ्ग यस्तो कुरा न गर्नु ।" मीराले नीकीतालाई  अंगालो लगाइन्।

Class को समय भो दुवै जना आ_आफ्नो कक्षा कोठा जान्छन्। स्कूलको समय सकिए पछि दुवै जना एक अर्कोलाई bye bye भन्दै घर तिर जान्छन्।

भोलि बिहान होस्टल वार्डेन ले  मीरालाई कोठा खाली गर्न भनिन् । उनले अघिल्लो महिना को  rent दिएको थिएन ।उनले केही दिनको समय मागिन् तर वार्डेन ले सिधै इन्कार गरिन् ।कसैले उनलाई मदत गरेन । आफ्ना समान समेटेर ब्यागमा  हाल्न लागिन् उ संग जति रुपया थिए ती सबै आमाको अन्तिम संस्कार र अन्य काम मा खर्च भएसक्य । अञ्जान सहरमा सहयाेग माग्नु त कसलाई माग्नु ? उनी स्वभिमान केटी थिन् त्यसैले उनले यो कुरा निकिता लाई भनिनन् । अब शान्तिनगर गाउँमा फर्किनु बाहेक अरु कुनै विकल्प  थिएन। उनी आफ्नो समान लिएर होस्टेलबाट बाहिर निस्किन्।

निकिता जब कलेज पुगिन्  तब त्यहाँ मीरालाई नदेख्दा छेउमा रहेकी नेहालाई सोधिन् ,"ए नेहा मीरा कहाँ छे ? उ कलेज किन न आएकी ?
"अरे तँलाई थाहा छैन र? आज वार्डेन मेडमले उसलाई होस्टेलबाट निकाली दियो ।" नेहाले फुस्फुसाउदै  भन्यो ।नेहा त्यही होस्टेलमा बस्ने केटी हुन्।
What?  तर किन ? निकिताले हैरान हुँदै भन्यो।,"किन कि उसले होस्टेलको कोठाभाडा दिएको थिएन ।"अब मलाई डिस्टर्ब न गर पढ्न दे मलाई ।" नेहाले भनिन् र किताब तिर नजर लगाइन् । निकिता ले यो कुरा सुने पछि उ सोचमा डुब्न थाली। यति सबै हुँदा पनि उसले मलाई केही भनिन । यो केटी पनि यसलाई बुझ धेरै गार्हो छ। मैले जानु पर्छ उसलाई रोक्नु पर्छ ।निकिता  त्यहाँ बाट निस्केर होस्टेल तिर लागिन् र उसकी रूममेट सङ्ग सोधिन् ।रूममेट ले भनिन् ,मीरा गाउँ जाने कुरा गर्दैथि।" निकिता त्यहाँबाट सिधै चौराहा बसपार्क  तिर लगाइन् । तर पहाड जाने बास त्यहाँ बाट हिँडिसकेको थियो । उदास हुँदै त्यहाँ बाट फर्किने विचार गरिन् ।त्यहाँबाट जना पछाडि फर्किदै थिइन् उनका आँखा बेन्चमा बसेकी मीरा तिर जान पुगे । निकिता खुसी ले मीरा तिर दगुर्दै आयी तर उसको खुसी एक पल मै रिसमा परिवर्तन भो। उसले भनी,"तिमीले आफूले आफैलाई के ठान्छौ ?यसरी मुख छोपेर कहाँ जना लागेकी थियौ?"
मु"छोपेर होइन नेहालाई भनेर आएकी थिए ।" मीराले बिस्तारै भनिन् ।"यहाँ बसेर के गर्नु ?वार्डेन ले पनि होस्टेल बाट निकाली हाल्यो ।"मीराले भनी 
त्यो वार्डेन को त म.... तिमी यति भन यो सब कुरा मलाई किन न भनेको ?मीराले सोधिन् 
मीरा चुपचाप लागी।
     हेर मीरा तिमी सिर्फ भन्नको लागि मात्र मेरो साथी हैनौ कलेजमा कति धेरै केटी छन् तर पनि म तिम्लाई मात्र आफ्नो साथी बनाए किन थाहा छ किनकी तिमी धेरै असल छौ र सम्झदार पनि छौ ।तिमी एक स्ट्रङ केटी हौ मीरा तर यसरी कसरी जान सक्छौ ? आन्टीको सपना कसरी भुल्न सक्छाैं ?तिमीले पढ्नु पर्छ र ठुली मान्छे बन्नु पर्छ।यो कुरा तिमीले कसरी बिर्सन सक्छौ मीरा?
      "मैले केही भुलेकी छैन मलाई सब याद छ तर 
मैले यो सहरमा एक कुरा सिकेकी छु यदी जिउनु छ भने रूपया जरुरी छ जो म सङ्ग छैन नीतिका बरु गाउँ जान्छु कमसेकम त्यहाँ बस्न  आफ्नो घर त छ ।"मीराले उदास हुँदै भन्यो ।
"तिम्रा आदर्शका कुरा सकिय भने उठ जाउ "  निकिताले उठ्दै भनिन् ।
 "कहाँ जाउँ " मीराले भनिन्
                                 क्रमश:
                
                       

1 comment:

Thanks