'SuBam A complicated Boy'भाग १

  


शान्तिनगर गाउँमा लामो समय देखि मायादेवी बसो बास गर्दै आइरहेकी थिइन्। परिवारको नाममा उनी एक मात्र छोरी मीरा सिंह ठकुरी थी। लामो समय देखि गम्भीर रोग सङ्ग लड्दै आइरहेकी उनको एकाबिहानै सबै गाउँले बाट बिदा लिइन्। २४वर्षीय मीरा धनगढीको एउटा collage मा अध्ययन गर्थिन् र त्यहीँको होस्टल मा बस्थिन्। उनको एकजना घनिष्ट साथी निकिता जोशी थिइन्। उनीहरू एकदमै मिल्ने

साथी थिए ।निकिता आफ्नो परिवारको साथमा धनगढीमा बस्थिन्।मीरा शान्त र शुशिल थिइन्।उनलाई पढ्नमा रुचि थियो। समय र बाध्यताले उनलाई आफ्नो उमेर भन्दा पहिलेनै परिपक्व बनाएको थियो।  आमाको मृत्यु को खबरले उनी आफ्नो साथीलाई केही न भनी बझाङ्ग शान्तिनगर गाउँमा फर्केकी थिइन्।

मायादेवीको निर्जीव शरीर उनको आँखाको अगाडि सेतो चादरले ढाकेर राखेको थियो। मीरा लगातार बेस्सरी रुँदै थिइन्। त्यहाँ उपस्थित महिलाहरुले मीरालाई सान्तोना दिँदै थीइन तर आमा गुमाउनुको पीडा त केवल मीरालाई मात्रै थाहा थियो। हुन पनि यो दुनियामा उसको आफ्नो भन्नु आमा बाहेक अरु कुनै थिए र ।

मायादेवीको अन्तिम संस्कारको तयारी पूरा भइसकेको थियो।जब उनको पार्थिव शरीर त्यहाँ बाट लिन खोज्दा तब मीरा जोड् जोडले रुन थालिन् । महिलाहरुले सम्माल्न खोज्दा  कसैले रोक्न सकेनन् ।उनी दगुर्दै बाहिर आएर म पनि आमा सँगै जान्छु भन्दै रुन थालि "छोरी केटीमान्छे मसानघाट जाँदैनन् तिमी यतै बस्नु है।" त्यहाँ भएका एक जना बुज्रुक व्यक्तिले भने                  "नाई मलाई केही थाहा छैन म पनि जान्छु"मीरा रुँदै भन्न थालिन्                                                                "जान दिनु काका मुखाग्नि को लागि कोही आफ्नो हुन पनि जरुरी हुन्छ र आजकल के केटा के केटी एउटै त हुन जान दिनुहोस् काका।"छेउमा उभिएका रामबहादुरले बुज्रुक व्यक्तिलाई भने

त्यहाँ बाट सबै जना मायादेवीको पार्थिव शरीर लिएर निस्किए ।आँखा भरी आँसु, मनभरी पीडा बेज्यान् शरीर मानौं की शरीरमा कुनै साहस नै थिएन। आमासँग थोरैमात्र समय बिताएकी थिइन्।कुन्नि के कारण थियो माया देवीले मीरालाई आफूबाट टाढा राखेकी थिइन्।विगतका पलहरु सम्झदा सम्झदै मसानघाट आइपुग्यो ।एक मात्र सन्तान भएकाले मीराले नै मुखाग्नी दिइन् यो पलमा मीरालाई समाल्न् धेरै मुश्किल भएको थियो । मलामी गएका सबै जनाका आँखाभरि आँसु आएका थिए।        ✍️बम इच्छुक                                                                         क्रमश:


 


2 comments:

Thanks